कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला

२९ भदौ, प्रजातान्त्रिक गणतन्त्र (डीआर) कङ्गोको सैन्य अदालतले राष्ट्रपतिलाई सत्ताच्युत गर्न प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।३७ मध्ये तीन जना अमेरिकी, एक जना बेलायती, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक रहेका बीबीसीले जनाएको छ । उनीहरुमाथी गएको मे महिनामा राष्ट्रपति निवासमा भएको आक्रमणको नेतृत्व गरेको आरोप लगाइएको छ […]
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन

२९ भदौ, काठमाडौँ ।अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गरेका छन्।मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफूहरु आठदिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन् । अन्तरिक्ष यात्री सुनिताले भनिन्, ‘जब बुच र म यो उडानको […]
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

२७ भदौ , भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ ।केही समयदेखि बिरामी रहेका ७२ वर्षी येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालाम उपचारको क्रममा निधन भएको छ । उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो । सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उहाँ ३२ वर्षसम्म भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरोका […]
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता

२७ भदौ , उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।आईजीसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा संयुक्त लगानीका लागि बिहीवार आयोजित सम्झौता कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान […]
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ

२७ भदौ , वीरगञ्ज – पासपोर्ट र भिसाबिना वीरगञ्जको होटेलमा बस्ने एक जना बंगलादेशी नागरिक बिहीबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा बंगलादेश सिलेट होबीगंज होल्डिङ नं.७७७ ठेगाना भएका २९ बर्षीय महमद सहादत हुसेन छन्। प्रहरीले चाँडपर्वलाई लक्षित गरी वीरगञ्ज स्थित रहेका होटलहरूको चेकजाँच गरेको थियो । सो क्रममा वीरगञ्ज महानगरपालिका–१६ बसपार्क स्थितमा रहेको आर्यन […]
चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय

२७ भदौ, काठमाडौँ । अमेरिकामा चीनको जासुसी गर्ने एक पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । ७१ वर्षीय अलेक्ज्याण्डर युक चिङ माले एफबीआई एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेका छन् । यसपछि उनी सन् २०२० को अगस्टमा पक्राउ परेका थिए । अमेरिकी नागरिक हुन् र उनको जन्म हङकङमा भएको […]
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

२७ भदौ, गाजा । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा पहिले नै धेरै पटक हवाइ हमला भइसकेको छ । पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित […]
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्यो, नलगाइ आउनुः विमानस्थल

२७ भदौ ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा नलगाइ आउन यात्रुहरुलाई आह्वान गरेको छ ।विमानस्थलले एक सूचनामार्फत् विमानस्थलमार्फत् विदेश जाने यात्रुहरु खादामाला नलगाइ आउन भनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सुरक्षा जाँचको क्रममा यस्ता खादा मालाले विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स–रेहरु), कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अडकीइ उपकरणहरुलाइ गम्भीर क्षति पुर्याई रहेका […]
पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु

२६ भदौ, काठमाडौ । पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह छन् । पोखरा महानगरपालिका-१७, पावरहाउस रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका उनी […]
भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने

२६ भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ । उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा लिग-२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही […]
