बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो

२२ जेठ, झापा । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली सडकअन्तर्गत पोकापाडा क्षेत्रमा बिरुवा रोपिएको हो । सडक किनारमा मधुकामिनी, गुलमोहर, जाडुल, राजवृक्ष र कल्कीलगायत बोटका बिरुवा रोपिएका प्रमुख डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले […]

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

२२ जेठ, पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार […]

जातीय विभेदमा संलग्नलाई कानूनी कारबाही गर : मानव अधिकार आयोग

२१ जेठ, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गरेको छ । छुवाछूतमूक्त राष्ट्र घोषणाको १९ वर्ष तथा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आयोगले जातीय विभेदमा संलग्नलाई राजनीतिक संरक्षण नगरी कानूनी कारवाही गर्न समेत आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।  […]

पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ

२१ जेठ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रसँग सम्बन्धित सरकारको नीति र बजेटबीचको असन्तुलन रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक छलफलमा महासंघका अध्यक्ष सिंहले निर्माण क्षेत्रमा कार्टेलिङ र कम […]

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

२१ जेठ, काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३९, गोलभेँडा सानो (टनेल) प्रतिकिलो […]

आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा

२१ जेठ, काठमाडौँ । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन् । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो । मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् […]

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि

२० जेठ, काठमाडौं । सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतले बुधबार नै उक्त निवेदनमाथि प्रराम्भिक सुनुवाइ गर्नेछ […]

सहमतिपछि पनि व्यवसायीले सञ्चालन गरेनन् सार्वजनिक यातायात

२० जेठ, काठमाडौं । आज पनि काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् । सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा व्यवसायी छन् । सहमति भए पनि गाडी बन्द गर्ने सूचना जारी भए पनि उपत्यकामा सार्वजनिक यातायात […]

नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण

२० जेठ, अछाम । विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढि बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको छ । नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गणपति सङ्गम अधिकारीले बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । […]

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

२० जेठ, बागलुङ । यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् । संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्याउन […]