हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

१५ फागुन, बागलुङ- आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो। निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ। सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला […]
मौसम खराबीले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित

१५ फागुन, काठमाडौं– प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका […]
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट

१६ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ । राणाका सल्लाहकार एकराज पाठकले दिएको जानकारी अनुसार कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो । काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए । जेनेभामा राष्ट्रसंघको बैठकबाट […]
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी

१५ फागुन, सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र […]
बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ

१५ फागुन, बाँके । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो । निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म […]
मन्त्रीका स्वकीय सचिवको मृत्यु,संसदीय छानबिन गर्न तीन दलको माग

१५ फागुन, बागमती प्रदेश सरकार अन्तर्गत गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्युबारे संसदीय छानबिन गर्नुपर्ने माग विपक्षी दलले उठाएका छन् । बागमती प्रदेश सभा अन्तर्गत नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर र राप्रपा संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले यस्तो माग गरेका हुन् । […]
प्रतिसेयर आम्दानीमा यी हुन् टप १० वाणिज्य बैंक

१५ फागुन, काठमाडौं । दोस्रो बजारमा कुल २४६ कम्पनीको सेयर कारोबार हुँदै आएको छ तीमध्ये १९ वटा वाणिज्य बैंक छन् । शत प्रतिशत सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्यबाहेक सबै बैंक सूचीकृत छन् । प्रतिसेयर आम्दानी (ईपीएस) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिन्छ । कम्पनीले नाफा गरेको रकमलाई जारी भएको सेयर संख्याले भाग गरेपछि प्रतिसेयर […]
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१५ फागुन, काभ्रेपलाञ्चोक । नेपाल प्रहरीको कार्यसम्पादन सम्झौतामा उल्लेखित नवप्रवर्तनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” सहितको बहुउद्देश्यीय हलको आज ईलाका प्रहरी कार्यालय मंगलटारमा शिवरात्रिको अवसर पारेर औपचारिक रूपमा उद्घाटन तथा शुभारम्भ गरिएको छ। कार्यक्रमको अवसरमा स्थानीय नागरिकहरूसँग शान्ति, सुरक्षा लगायतका विषयमा अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो। कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, रोशी […]
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा

१४ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको सेना दिवस २०८१ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा बुधबार बढाईं तथा सैनिक कला प्रदर्शनी विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको हुन् । राष्ट्रपति पौडेल […]
बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ

१३ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन् । अर्थमन्त्री पौडेल लगायत अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले झालाई बधाइ तथा कार्य सफलताको शुभकामना दिए । ओझालाई […]
