बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग

  १२ जेठ, बाँके ।  पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटनको विकास हुन थालेको छ । पाटेबाघलगायत वन्यजन्तु संरक्षणमा सफलता हासिल गरे पनि निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या कम नै रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म करिब ७०० पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका छन् […]

‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र

  १२ जेठ ,बागलुङ  । बागलुङ गलकोट नगरपालिका–६ स्थित मजुवा–नेपाने सडक कालोपत्र गरिएको छ । ‘ट्रयाक’ खुलेको २२ वर्षपछि उक्त सडक कालोपत्र गरिएको हो । करिब आठ किलोमिटर लामो रहेको यो सडक विसं २०६० मा ‘ट्रयाक’ खुलेको थियो । सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीय कालोपत्र भएपछि […]

पुवाखोलामा ‘बेलिब्रिज’निर्माण अन्तिम चरणमा

  १२ जेठ , इलाम ।  इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ । इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

   १२ जेठ,काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

सर्वोच्चले सच्यायो रवि र छविका विषयमा गरेको आदेश

  ११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको आदेश सच्याएको छ । शुक्रबार गरेको आदेशमा त्रुटि भएपछि आदेश गर्ने इजलासले नै सच्याएको हो । न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकाललको इजलासले शुक्रबार गरेको आदेशमा भूलवश फैसला लेखिएको भन्दै आइतबार सच्याएको हो ।

काठमाडाैंमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन

  ११ जेठ, काठमाडौं । काठमाडाैंको माइतीघरमा सहकारीपीडितहरूले आइतबार अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले आफ्नो बचत फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन् । अघिल्लो पटक महिलाहरू भेला भई अर्धनग्न प्रदर्शनी गरेका थिए भने यसपटक पुरुषहरू अर्धनग्न भएका हुन् ।

यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन

  ११ जेठ, काठमाडौं ।  यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा विभिन्न शीर्षकहरूबाट आठ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहत रहेको सो कार्यालयले सवारी चालक अनुमति पत्र (लाईसेन्स) बाट बढी राजस्व संकलन गरेको हो । यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अविन्दर […]

सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना

  ११ जेठ, काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार सिंहदरबारस्थित सामान्य प्रशासन […]

विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो

११ जेठ, सुनसरी । धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आउनुभएको छ । बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “विदेशमा दुःख गर्नुभन्दा […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

   ११ जेठ ,काठमाडौँ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]