कैलालीमा मृत भेटिएकी सुत्केरीको देवरबाटै ह*त्या

७ असार, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको खुलेको छ । प्रहरीले नाथको हत्या गरेको अभियोगमा उनकै सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार नवीनले […]

सर्पको डसाईबाट बालिकाको मृ*त्यु

७ असार, काठमाडौं ।  सर्पको डसाईबाट सुनसरी कोशी गाउँपालिकामा शनिबार बिहान एक जना बालिकको मृत्यु भएको छ। बिहान १०:३० बजेतिर आफ्नै घरको आँगनमा खेलिरहेको बेला सर्पको डसाईबाट कोशी गाउँपालिका वडा नं. ८ का नन्कु टोल बस्ने कासिम मियाँकी १२ वर्षे छोरी नबिजन खातुनको मृत्यु भएको हो। दाहिने खुट्टाको घुडामुनि सर्पले डसेपछि तत्काल जिल्ला अस्पताल इनरुवा […]

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

७ असार, गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए। ‘सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरूलाई […]

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृ*त्यु

७ असार, नाइजेरिया । नाइजेरियाको दक्षिणपश्चिमी भागमा मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आईएसआईएस)ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् । रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमण बिहीबार बानी बङगौको क्षेत्रमा भएको जनाएको छ । उक्त आक्रमणमा आक्रमणकारीहरूले आठ वटा गाडी र २०० भन्दा […]

रुपन्देहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई विद्यार्थीको मृ*त्यु

७ असार, रुपन्देही। रुपन्देहीमा शनिबार दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा  दुई जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–७, गरगट्टी चम्रौटी टोलको मोडमा टिप्परको ठक्करबाट सम्मरीमाई गाउँपालिका–५ का २० वर्षीय समिर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको हो । खान र ठाकुर विद्यार्थी हुन् । बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ […]

काभ्रेमा गाडीको ठक्करबाट एकको मृ*त्यु

७ असार, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका ७ मा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेकै तेमाल गाउँपालिका १ घर भइ हाल बनेपा ७ मा डेरा गरि बस्ने बर्ष ४५ को ज्ञानध्वज तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरीका अनुसार, पनौतीबाट बनेपातर्फ आउँदै गरेको ना ४ […]

 लमजुङमा हराएको व्यक्ति मृ*त फेला

७ असार, काठमाडौं । लमजुङको बेँसीसहर नगरपालिका–२ का ३१ वर्षीय बुधे सार्की हराएको दुई दिनपछि मृत फेला पर्नुभएको छ । बिहीबारदेखि बेपत्ता हुनुभएका सार्कीको शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले सार्कीको शव बेँसीसहर नगरपालिका–९, डम्पिङसाइटको पश्चिमतर्फ झिङ्गेखोलाको धारमा फेला परेको जानकारी […]

अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते

७ असार, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये दुई जनाको मात्रै पहिचान भएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया […]

सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते

७ असार,  सर्लाही ।      सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तिन जना घाइते भएका छन् । प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्ट र सिंहले जानकारी दिनुभयो । झडपमा इलाका […]

सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते

७ असार,  सर्लाही ।   सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तिन जना घाइते भएका छन् । प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्ट र सिंहले जानकारी दिनुभयो । झडपमा इलाका प्रहरी कार्यालय […]