सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

२ चैत, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो ।विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला […]
उदयपुरमा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ जना घाइते

१ चैत, विराटनगर । धरानबाट भोजपुरका लागि छुटेको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।उदयपुर प्रहरीका अनुसार को १ ज २५९३ नम्बरको जिप उदयपुरको बेलका-७ मैनामनीस्थित चेङ्ग्रे भन्ने स्थानमा दुर्घटनामा परेको हो । अहिलेसम्म ६ जनाको मृत्यु भएको र घाइते ७ जनाको उद्धार भएको उदयपुरका प्रहरी प्रमुख रमेश थापाले बताए […]
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु

२८ फागुन, धनगढी । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका एसएसपी प्रज्वल […]
कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको मृत्यु

२८ फागुन, काठमाडौं । कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत् ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, २० फागुन प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए […]
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

२८ फागुन, सर्लाही । सर्लाहीमा बसले ठक्कर दिएर साइकलयात्री दुर्घटना भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। कविलासी नगरपालिका–१० सलेमपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा बसले एक साइकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्। ग २ ख १४४० नम्बरको बसले नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको साइकलयात्री लाई बिहान १० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट साइकलयात्री सर्लाही […]
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

२७, फागुन, चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको […]
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु

२६ फागुन, इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतकहरू काका भतिजा हुन् । […]
ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको मृत्यु

१५ फागुन, बारा । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो । निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको […]
शंकास्पद वस्तु पड्किँदा निजगढमा वर्कसप सञ्चालकको मृत्यु, ४ जना घाइते

१४ फागुन, बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको छ । मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला अचानक बमजस्तै देखिने वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका हुन् । विस्फोटबाट चार जना गम्भीर घाइते भएका छन् […]
जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति

५ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटी स्थित फर्निचरमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ । शुक्रवार साँझ अमृत शाहीले स्टोर गरेर राखेको फर्निचर गोदाममा आगलागी भएको हो । चार वटा दमकल प्रयोग गरेर सुरक्षाकर्मीले आगो निभाएका छन् । फर्निचर गोदाममा पहिला रेस्टुरेन्ट सञ्चालनमा थियो । यसअघि त्यहाँ सञ्चालित ‘स्वागतम […]
