वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट

२८ भदौ, वीरगञ्ज । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले पर्साको वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ । प्रदर्शनकारीले वीरगञ्ज महानगर परिसरमा रहेका साना–ठूला आधा दर्जन भवन र डेढ दर्जनभन्दा धेरै सवारीसाधनमा आगजनी गरेर क्षति पुर्‍याएका छन् । वीरगञ्ज महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्ण वीरगञ्ज महानगरका आधा […]

जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)

२८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको जनाएको छ। हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको र बाँकी थप क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका […]

लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप

२८ भदौ, कैलाली । कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरिएको दाबी गर्दै आत्महत्या गरेका छन्। आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा उनले केही व्यक्तिको नाम लिँदै त्यस्तो गर्न बाध्य भएको बताएका थिए। ‘मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले अन्तिम सन्देशमा भनेका छन् […]

माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु

२८ भदाै, रूपन्देही । माछा मार्न गएका आमाछाेरीकाे दाङमा खाेलामा डुबेर मृत्यु भएको छ । दाङकाे लमही नगरपालिका-१ बसन्तपुर निवासी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको खाेलामा डुबेर मृत्यु भएको हो । शुक्रबार दिउँसो करिब २ बजेतिर घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा उनीहरू […]

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृ*त्यु

२८ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ । क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना […]

बारामा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

२८ भदौ, बारा । जिल्ला प्रशासन कार्यालय बाराले शनिबार लागू हुनेगरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बारा जिल्ला भरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका हुन् स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने राति […]

चार्ली कर्कको ह*त्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ

२५ भदौ, काठमाडौं । । युटाह विश्वविद्यालयमा बुधबार कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कको गोली हानी हत्या भएको घटनामा संलग्न भएको शंका गरिएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। २२ वर्षीय टायलर रोबिन्सनलाई शुक्रबार सेंट जर्जबाट पक्राउ गरिएको अधिकारी र स्रोतहरूले एबीसी न्युजलाई बताएका छन्। प्रहरीले सार्वजनिक गरेका तस्विरहरू देखेपछि रोबिन्सनका बुवाले छोरालाई चिनेका थिए। सुरुमा रोबिन्सन आत्मसमर्पण गर्न […]

जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला

२५ भदौ, बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्। ४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार दिउँसो काठमाडौं स्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन् ।बुढा काठमाडौं स्थित चाबिलमा बस्दै आएका थिए भने उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए । यसअघि उनको फोन […]

जलिरहेको धरानको भाटभटेनीमा भेटियो चार जनाको श*व

२७ भदौं, विराटनगर। जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ । मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान […]

धरानको भाटभटेनीभित्र ३ जनाको श*व फेला

२७ भदौ, काठमाडौं । धरानमा रहेको भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला परेको छ । जलेर नचिनिने अवस्थामा ती शव भेटिएको प्रहरीले बताएको छ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले धरान-१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो झोसेको थियो । भित्र तीनवटा शव जलेको अवस्थामा भेटिएको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले बताए । आगो निभेसँगै आएसँगै शुक्रबार […]