महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या

  ७ पुस, महोत्तरीमा डाका समूहको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ।  शनिबार डाका समूहले घरमै प्रवेश गरेर आक्रमण गर्दा मनरासिस्वा नगरपालिका–४ साँढा टोल निवासी ७० वर्षीय सुशिला झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। डीएसपी सन्तु जैसवालका अनुसार शनिबार राति रड र धारिलो हतियार लिएर घर प्रवेश गरेको समूहले झामाथि आक्रमण […]

लडेर एक बालकको मृत्यु

  ७ पुस, मुगु । मुगुमा एक जना बालकको लडेर मृत्यु भएको छ । छायांनाथ रारा नगरपालिका १४ बाम गाउँका पृथ्वी बढुवालका छोरा अन्दाजी १० बर्षका बालक किसान बढुवालको लडेर मृत्यु भएको हो । सदरमुकाम गमगढि बजार स्थित सोरु जाने बाटो नजिकै राज बहादुर भग्रि को घरमा पृथ्वी बढुवालका परिवार घर भाडामा बस्दै आएका थिए […]

बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

  ७ पुस,  । ब्रजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो । सो दुर्घटनामा धेरै मानिसहरु घाइते भएका छन् र उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।  मिनास गेराइस […]

बाजुरा भूकम्प अपडेट: ८ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

  ७ पुस, बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार […]

काठमाडौंको बाइपासमा एक युवक मृत फेला

  ७ पुस, काठमाडौं । काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २० वर्षीय योगेश बिक मृत फेला परेका हुन् । उनी आफ्नो डेरा कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बाजालुले अनुसन्धान […]

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

  ५ पुस, विराटनगर : जंगलबाट दाउरा खोज्न गएकी  एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितिको जंगलमा दाउरा खोज्न गएकी  ४० वर्षीया गंगा श्रेष्ठलाई शुक्रबार बिहान हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि विराटनगर नोबेल अस्पताल पठाएको थियो। […]

भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते

  ५ पुस, काठमाडौँ – भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । […]

एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु

  ५ पुस, भारतको राजस्थानस्थित जयपुर-अजमेर राजमार्ग क्षेत्रमा ग्यासले भरिएको ट्याङ्कर विष्फोट हुँदा भीषण आगलागी भएको हो । शुक्रबार बिहान करिब ६ बजे भएको घटनामा आठ जनाको मृत्यु भएको छ ।  आगलागीमा परी ३५ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशतको अवस्था गम्भीर छ।मृत्यु हुनेको संख्या बढ्न सक्ने […]

जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला

  ५ पुस, जनकपुरधाम । जनकपुरमा दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो । उनको पहिचान भने भइसकेको छैन । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार आज बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको […]

धनुषामा बोराभित्र एक युवकको शव फेला

  ४ पुस, जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो । घटनास्थलमा अनुसन्धानका लागि […]