कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका

३ फागुन, बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, […]
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते

२७ माघ, भरतपुर । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख […]
धनुषाको जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु

२५ माघ, जनकपुरधाम। जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक युवकको मृत्यू भएको छ । आज (विहिबार) विहान करिब ८ः३० बजेको समयमा जनकपुरधाम उपमहागनरपालिका वडा नं.२३ बेलापुरस्थित जनकपुरको श्रीराम बोर्डिँग स्कूलको बसले ठक्कर दिएपछि एक भारतीय युवकको मृत्यू भएको हो । बा २ प ७६० स्कूल बसले साईकल यात्री भारतको मधुवनी जिल्ला बस्ने तथा हाल जनकपुरमै […]
पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

१६ माघ, पोखरा । पोखरामा लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका-६ खरेचोकमा चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलाको लिफ्टबाट खस्दा ३७ वर्षका प्रवीण भट्टराईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । निर्माणाधीन घरमा तातो पानी […]
ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्

१५ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए । लडिरहेको अवस्थामा भेटिएको भन्दै खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो […]
बस गुड्दागुड्दै बानेश्वरको सडक भासियो (तस्बिरहरू)

१२ माघ, काठमाडौं । काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको स्थानीयले बताएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार गुड्दै गरेको बा ३ ख […]
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१२ माघ, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एस.एस चोक नजिक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो । मध्यपुर […]
पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना, एक व्यवसायीको मृत्यु

१४ पुस, पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए

९ पुस, सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिकाको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भन्दै स्थानीयले बस तोडफोड र आगजनी गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले आगजनी गरेका हुन् । सो बस बा ६० प ३५४५ नम्बरको मोटरसाइकल आज बिहान सवा आठ […]
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

९ पुस, काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा आठ बजे बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल […]
