धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु

  १२ फागुन, काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर […]

गुल्मीको हर्पुकोटमा आगलागी

  ९ फागुन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो । बोहरा हाल रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक […]

उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’

५ माघ, जनकपुर । जनकपुरधामस्थित उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गरेका छन् । सर्लाहीमा गत आइतबार राति सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनाप्रति उच्च अदालत जनकपुर, धनुषामा कार्यरत कर्मचारीहरूले ‘पेन डाउन’ गर्नुका साथै घटनामा संलग्न अपराधीलाई कारबाहीको माग गरेका छन् । उनीहरूले मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गरी परिवारलाई उचित […]

टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल

  काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाली टोली आज वेस्ट इन्डिजटोलीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि बाँकी खेलहरू अत्यन्तै महत्वपूर्ण बनेका छन्। प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब […]

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

  २७ माघ, काठमाडौ   काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ । प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए ।बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ ।     रामेछापका प्रमुख जिल्ला अधिकारी […]

वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते

  २६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा हान्ने क्रममा तस्कर समूहले आक्रमण गरेको छ । तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी […]

सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए

  सर्लाही, २४ माघ इश्वरपुर नगरपालिका–७ पोखरीटोलका २० वर्षिय अनिल महतो पोखरीमा मृत अवस्थामा फेला परेका छन्। सोमबार रातिदेखि घरबाट बेपत्ता भएका अनिलको शव बुधबार बिहान घर नजिकैको पोखरीमा भेटिएको हो। परिवारका अनुसार सोमबार राति खाना खाएपछि सुत्न गएका अनिल मंगलबार बिहानदेखि सम्पर्कविहीन थिए। घरको ढोका खुल्लै भेटिएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा […]

बाजुरामा भिरबाट लडेर एक जनाको मृ*त्यु

  २४ माघ, बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन्। शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भिर घाईते भएका थिए । उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी […]

वरिष्ठ कलाकार सुनिल थापाको निधन

  २४ माघ, काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए […]

भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु

काठमाडौं । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमापरी मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको रहेका छन् । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी […]