अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु

४ पुस, काठमाडौं- अफगानिस्तानको गजनी प्रान्तस्थित राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् । राजधानी काबुल र दक्षिणी कान्दाहार बीचको गजनी प्रान्तमा बुधबार राति दुर्घटनामा भएको प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले सामाजिक सञ्जाल एक्समा […]
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया

४ पुस, काठमाडौँ- दक्षिण कोरियाले युक्रेनविरूद्धको युद्धमा रूसतर्फबाट लडाइँ गर्ने क्रममा कम्ती सय जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको दाबी गरेको छ। दक्षिण कोरियाली सांसद ली सुङ क्वोनले यस्तो दाबी गरेका हुन्। सुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै दक्षिण कोरियाली राष्ट्रिय खुफिया सेवाले संसदलाई यो जानकारी दिएको बताएका छन्। उनका अनुसार युद्धमा हजारभन्दा बढी उत्तर कोरियाली […]
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

४ पुस काठमाडौँ, भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ । सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै काश्मिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच विभाजित छ र दुवै देशले यस क्षेत्रमा पूर्ण रूपमा दाबी गर्दै आएका छन् । भारतीय […]
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ । खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ । दुवै टिममा पछिल्ला खेलबाट एक एक परिवर्तन गरिएको छ ।कर्णालीका रित गौतमको स्थानमा […]
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

४ पुस, दाङमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले रा ७ प ११३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही नगरपालिका-५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो। दुर्घटनामा स्कटर चालक २७ वर्षीय निमलाल […]
अर्नाको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु

४ पुस, जनकपुरधाम । सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ । कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका-९ का शुभेलाल मण्डलको मृत्यु भएको हो । बुधबार खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए । स्थानीयले तत्कालै उपचारको लागि लग्दा उनको मृत्यु भएको सपतरी प्रहरीले जनाएको […]
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

३ पुस, काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-४ त्रिभुवन चोकस्थित सडकमा बा.०६-००४ प १६७७ नम्बरको मोटरसाइकल भे.१ ज १३२६ नम्बरको गाडीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चुरे गाउँपालिका-१ बस्ने ३० वर्षीय बाल कृष्ण कँडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर […]
जनकपुरले गुमायो तेस्रो विकेट

३ पुस, काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले तेस्रो विकेट गुमाएको छ । जनकपुरका शुभ कंसाकार २६ रनमा आउट भएका हुन् । यसअघि जकनपुरका कप्तान आसिफ शेख ११ र लाहिरु मिलान्था १२ रनमा आउट भए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले ब्याटिङ रोजेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

२ पुस, काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । दाङ, राप्ती गाउँपालिका-२ कटेस नालास्थित सडकमा बा.४ ख २२६१ नम्बरको ट्रकले रा.८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरुङको मृत्यु भएको छ । […]
मस्कोमा भएको बम विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु

२ पुस, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको बम विस्फोटमा रुसी सेनाका एक जनरलको मृत्यु भएको छ । घटना मंगलबार भएको बीबीसीले जनाएको छ । रुसको अनुसन्धान समितिले विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ न्यूक्लियर बायोलोजिकल केमिकल डिफेन्स फोर्समा तैनाथ थिए । स्कुटरमा लुकाइएको यन्त्र विस्फोट हुँदा यो घटना भएको हो । यस घटनामा […]
