नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् । शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ […]
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
९ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्। निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म […]
रेशम चौधरीको उम्मेदवारी खारेज

८ माघ, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालको तर्फबाट कैलाली क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ। चौधरीविरुद्ध आयोगमा उजुरी परेको थियो। टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीले राष्ट्रपतिबाट सफाई पाएका थिए। आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, ‘टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय पाएको र राष्ट्रपतिले आममाफी दिएपनि […]
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप

८ माघ, काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन गरेको आयोगको म्याद २० दिन थपेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् आयोगको म्याद दोस्रोपटक थप गर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको […]
सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान

८ माघ, काठमाडौं । सरकारले सिद्धार्थ राजमार्ग सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्गको बुटवल-पोखरा क्षेत्र सुधारका लागि २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

८ माघ, काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो । राजीनामा दिएका खरेल ललितपुर-२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला

८ माघ, मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै […]
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

८ माघ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।अन्तरिम सरकारका मन्त्रीहरू राजीनामा दिएर चुनावी मैदानमा होमिएपछि बसेको यो पहिलो बैठक हो ।
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

८ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ। शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा घोषणा गर्न लागिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। सभापति थापाको सचिवालयका अनुसार पार्टीले भावी प्रधानमन्त्रीको […]
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा

८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा अन्तिम आधा घण्टामा बजार बढेको हो । अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो […]
