मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली

२४ फागुन,मकवानपुर। मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बरभन्दा बढी मतान्तरसहित विजयी भएपछि। समर्थकहरुले खुशीयाली मनाएका छन् । गौतमसँग कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा थिइन् ।

सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

  २४ फागुन, काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले m३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् […]

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित

  २४ फागुन,काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले विजयी भएका छन् । रास्वपाका भण्डारीले २२ हजार १३४ मत। प्राप्त गरी विजयी भएका हुन् । नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरे भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरे।

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

  २४ फागुन,काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको हो । प्रतिवेदन बोकेको ठेलीसहित आयोगका अध्यक्ष कार्की प्रधानमन्त्री कार्यालय प्रवेश गरेका थिए । सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका […]

बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित

  २४ फागुन,बाजुरा । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरेका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले […]

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना

  २४ फागुन,काठमाडौं । सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् । उनले लेखेका […]

महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री

  २४ फागुन,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महिलाको अधिकार, न्याय र समान अवसर सुनिश्चित नगरेसम्म समतामूलक समाज निर्माण सम्भव नहुने बताएकी छन् ।११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले महिलाको सहभागिता मात्र बढाउनु पर्याप्त नभई अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । ‘सबै महिला र बालिकाका लागि […]

मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो

  २४ फागुन, मुगु । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीको अग्रता कायम रहेको छ । कांग्रेसका उम्मेदवार शाहीले ५ हजार ६१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायाले ५ हजार १ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्र […]

सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी

  २४ फागुन,सिराहा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भु कुमार यादव भारी मतान्तरका साथ विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले […]

२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता

  २४ फागुन, काठमाडौं । २८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, नेपाली कम्युनिस्ट पार्टीको ६, राप्रपाको १, श्रम संस्कृतिको १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् । […]