कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा

७ साउन, सुर्खेत । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् । केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिन […]
ओलीले संसद्मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधिसभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुईतिहाइ मत प्राप्त भएको हो । ओलीलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल एमालेसहितका १८८ सांसदले मत दिए । विपक्षमा ७४ मत खस्यो । नेमकिपाका सांसद प्रेम सुवाल […]
यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]

६ साउन, काठमाडौं । असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बनाउन भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा सहमतिका बुँदा सार्वजनिक गरेका हुन् । ‘सातवटा बुँदा लुकाउनु पर्ने केही थिएन, बजारमा आइसकेको थियो,’ ओलीले भने, ‘सातवटा कुरा देश र जनताको […]
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने

६ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका […]
संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ । संसद् भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो शुरू प्रतिनिधिसभा बैठकमा ओलीले विश्वासको मत माग्नका लागि सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा रहेका सबै दलका प्रतिनिधिले विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा भाग लिनेछन् । छलफलमा उठेका प्रश्नको […]
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय

६ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । सोही निर्णयअनुसार रास्वपाले आफ्ना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप समेत लगाएको छ ।प्रतिनिधिसभामा उपसभामुखबाहेक रास्वपाका […]
फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट

६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु गरेको छ । महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् । वडा सदस्य चन्द्रमान तुलाधरले महानगरपालिकाले जबरजस्ती फुटपाथ विस्तार गर्न खोजेपछि वडा कार्यालय नै सडकबाट सञ्चालन गर्न लागेको […]
रास्वपाको संसदीय दलको बैठक बस्दै

साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । सोही बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत हुने […]
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त […]
कांग्रेसले बोलायो संसदीय दलको बैठक

५ साउन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबारका लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ ।
