हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास

  १७ फागुन,सुर्खेत । कर्णालीका डोल्पा र हुम्ला जिल्लाका विकट मतदान केन्द्रमा हेलिकोप्टरबाट निर्वाचन सामाग्री पु-याउन थालिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामाग्री र कर्मचारीहरु नेपाली सेनाको हेलिकोप्टरबाट मतदान केन्द्रमा पु-याउन लागिएको हो । गत साता परेको हिउँले बाटो बाटो बन्द भए पनि हेलिकोप्टर प्रयोग गर्नु परेको हो । डोल्पाको […]

कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने

१७ फागुन, काठमाडौं । नेपाली कांग्रसले आज काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ । आज हुने चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् । चुनावी सभा दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुर, दिउँसो २ बजे भक्तपुरको ठिमी र दिउँसो ३ बजे […]

खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी

  इरान । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो । खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा […]

काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’

  १६ फागुन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को काठमाडौँ उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ जारी छ । शनिबार बिहानै देखि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साहसहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका थिए । काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने गरी […]

किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन

१५ फागुन,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् ।N चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए । शाहले […]

फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ

  १५ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले फागुन २१ गतेको निर्वाचन एउटा राजनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने अवसर भएको बताएकी छिन् । शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले भ्रष्टाचार भइरहँदा सुशासन आउन नसक्ने भन्दै सुशासनको लागि भ्रष्टाचारयुक्त राजनीति […]

कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

१५ फागुन,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको टिप्पणी गरेका छन् । शुक्रबार नुवाकोट र काठमाडौंका पार्टी नेताकार्यकर्ताको उपस्थिति काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सामान्य निर्वाचन नभएकाले जीवन–मरणका रूपमा लिएर काम गर्न आग्रह गरे । ‘यो विशिष्ठ प्रकृतिको निर्वाचन हो । यो […]

आगामी बजेट तयारी गर्न राजस्व परामर्श समिति गठन

१५ फागुन,काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण क्रममा सरकारलाई राजस्व सम्बन्धी सुझाव दिन राजस्व परामर्श समिति गठन गरिएको छ । अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार अर्थमन्त्री रामेश्वर खनालको मन्त्रीस्तरीय निर्णयबाट यस्तो निर्णय भएको हो । समितिले […]

चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा

   १५ फागुन,इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ । यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने छन् । सभामा सहभागी हुन रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरु तथा समर्थकहरूको चितवनमा बाक्लो उपस्थिती रहेको छ ।

काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी

  १५ फागुन,काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ ।न पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का  प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले शुक्रबार गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर २, ३ र ४ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा […]