नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

२० चैत,काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा बिहीबार प्रतिनिधि सभामा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा नेता बादलले दलका तर्फबाट राखेको […]

गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन

२० चैत,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले हिजो साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेका हुन् । अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएका छन् ।उनले विदेशबाट फर्किने नागरिकले विमानस्थलमै […]

नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन

२० चैत,काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययनका लागि नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिलाई पूर्णता दिएको छ । बिहीबार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी राय, सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी उक्त समितिलाई दिइएको […]

७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

२० चैत,काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र अतिरिक्त समूहमा रहेका ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा […]

आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै

  २० चैत, काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज (शुक्रबार) सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते […]

पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन् । लामिछानेले हिजो (बुधबार) जिल्ला अदालत पुगेर तारेख बुझेका थिए । सो क्रममा उनले वारेस पाउन पनि माग गरेका थिए । बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले उनले माग गरे […]

सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो

१९ चैत,काठमाडौं । विहीबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद परिसर सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक न्यायका विषयमा आफ्नो धारणा राखेका छन् । सांसद महाविर पुनले देश र जनताको हितलाई केन्द्रमा राखेर विशेषगरी विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न गुणस्तरीय शिक्षा प्रणाली आवश्यक रहेको बताए । उनले विद्यालय, प्राविधिक शिक्षालय तथा विश्वविद्यालयमा राम्रो […]

रास्वपाबाट सभामुखको लागि डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय

१९ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

१९ चैत,मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अङ्ग्रेजी विषयको उत्तरपुस्तिका (कपी) जाँच कार्य मकवानपुरमा सुरु गरिएको छ ।  जिल्लाका २८ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएसँगै कपी जाँचको प्रक्रिया अघि बढाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख बसन्त अधिकारीका अनुसार जिल्लाभित्रका २० वटा विद्यालयमा कपी जाँच गर्ने व्यवस्था मिलाइएको […]

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन

१९ चैत,काठमाडौं । पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महाविर पुनले चार महिनासम्म मन्त्रीका रूपमा काम गर्दा शिक्षा क्षेत्रमा चरम राजनीतिकरण र विभिन्न विकृतिहरू देखेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रको समस्यालाई समाधान गर्न विद्यालय, कलेज र विश्वविद्यालयमा शुद्ध शैक्षिक वातावरण बनाउन आफूले पहल गरेको बताएका हुन् । उनले भने, ‘चार महिनासम्म […]