प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयका नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ । प्रहरीले यति ठुलो प्रकरण बाहिर ल्याउने आँट कसरी गर्यो र लेनदेनका गोप्य कागजपत्र कसरी फेला पार्यो भन्ने कौतुहलता आम रूपमा देखिएको छ । सङ्गठित गिरोहको प्रभावमा भएको यो घटनाको पर्दाफास भने […]

भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले भने,‘एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो छताछुल्ल भयो, सारै ठुलो संख्यामा ठगी र शोषण भएपछि यो घटना छताछुल्ल भएको […]

नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 

काठमाडौं : एमाले केन्द्रीय समितिको बैठक आजदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन दिनसम्म चल्ने बैठकमा विभिन्न १० वटा एजेन्डामा छलफल हुनेछ। यसै हप्ता बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकका लागि छलफल गरिने विभिन्न विषय तय गरेको थियो । बैठक यसअघि झापामा गर्ने तय भए पनि ललितपुर केन्द्रीय […]

नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा शीर्ष नेताले बाधा नपुर्‍याउने सहमति भएको दाबी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रचण्डले कसैले पनि प्रहरीलाई दबाब दिन नुहने निचोडमा पुगेको बताएका हुन्। ‘प्रहरीले यो विषयमा जसरी अनुसन्धान गरिरहेको त्यसमा कसैले पनि डिस्टर्ब गर्नुहुन्न […]

बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति। 

बुधबारै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव […]

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता। 

काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता जारी रहेको छ। बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेको छ। तीन शीर्ष नेताबीच संसदीय सुनुवाई समिति, नक्कली भुटानी शरणार्थी प्रकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस।

काठमाडौँ। संवैधानिक परिषदले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषद्का पदेन सदस्य रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीश नियुक्तिका […]

जब सांसद अमरेश सिंहले खोले संसदभित्रै लुगा… 

जब सांसद अमरेश सिंहले खोले संसदभित्रै लुगा… काठमाडौं। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्। बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।

आज संवैधानिक परिषद्को बैठक बस्दै। 

आज संवैधानिक परिषद्को बैठक बस्दै। काठमाडौं। आज सोमबार साँझ संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बैठक आज साँझ ६ बजे बस्नेछ । बैठकमा […]