भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन

  २६ मंसिर, काठमाडौं।  भारतका वरिष्ठ कंग्रेस नेता तथा पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ९० वर्षको उमेरमा आज (शुक्रबार) बिहान ६:३० बजे (भारतीय समय) लातुरमा उनको निधन भएको हो। केही दिनदेखि बिरामी उनी लातुरनजिकैको देवघरस्थित आफ्नै घरमा उपचाररत थिए। पाटिल लातुर लोकसभा क्षेत्रबाट सातपटक सांसद बनेका थिए। शिवराजलाई इन्दिरा गान्धी र राजीव गान्धीको […]

एमाले सचिवालय बैठक बस्दै

  २६ मंसिर, काठमाडौं । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ । सचिवालय स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन […]

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

  २६ मंसिर, काठमाडौं । आज संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१० औँ बैठक बस्ने भएको छ । बैठक दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा बस्न लागेको हो । आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ […]

सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस

  २५ मंसिर, सर्लाही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम एकल रूपमा सिफारिस गरिएको छ। बिहीबार मलंगवामा बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टी अध्यक्ष महतोलाई सर्लाही–२ का लागि औपचारिक रूपमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिए। उनले […]

तीर्थराज भट्टराईले भिजिट भिसामा २५७ जनालाई सेटिङमा पठाउँदा लिए ७९ लाख ८० हजार घुस

  २५ मंसिर, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले २५७ जनालाई भिजिट भिसाको सेटिङमा पठाएको निश्कर्षमा अख्तियार पुगेको छ। उनीहरूबाट ७९ लाख ८० हजार रपैयाँ घुस लिएको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।  भट्टराईले घुस लिएको प्रमाण समेत फेला परेको अख्तियारले दाबी गरेको छ। यसमा संलग्न ट्राभल्स […]

जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने

  २५ मंसिर, काठमाडौं ।  सरकारले जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौतालाई अनुमोदन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। त्यस्तै उनले सम्झौतलाई सम्बन्धित सबै मन्त्रालयले कार्यान्वयन सुरु गर्ने बताए। त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाबारे […]

२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने

२५ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २९ मंसिरको मध्यरातमा सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो। समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, ‘पुस […]

भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान

  २५ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आरोप अनुसन्धान भइरहेको जनाएको छ ।अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक तिर्थराज भट्टराई, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख छवि रिजाल लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने भन्दै बदनियत सेटिङमार्फत […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

२५ मंसिर, काठमाडौं । नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठक जारी छ । मन्त्रिपरिषद् बैठकअघि हिजो बुधबार सरकार–जेनजी समूहबीच सम्झौता भएको थियो । सम्झौता अनुसार सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ । नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक […]

कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस

  २५ मंसिर, काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ।जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भीमबहादुर साउदले पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार […]