मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट थपिए एक-एक मन्त्री

२९ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेको थियो । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री नियुक्त भएका छन् । लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति र माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका […]
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता

२९ मंसिर,काठमाडौं । नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता भएको छ । सोमबार नेपाल पर्यटन बोर्डको कार्यालयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा हस्ताक्षर पछि कुरा गर्दै पर्यटन बोर्डका […]
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सांगठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी सामूहिक नेतृत्व, विधि र पद्धति अन्र्तगत ठिक ढङ्गले चलाउनको लागि भएको बताए । उनले भने, हाम्रो पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो । तपाइहरुलाई […]
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार उम्मेदवारी दिएको उनले बताए । ‘दुवैतिरका साथीहरूको आग्रहमा उम्मेदवारी दिएँ,’ उनले भने । नेता पन्त केपी शर्मा ओली समूहमा थिए । ओली समूहले उनलाई समेटेर प्यानल बनाएन । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेको ११औं […]
केपी ओलीले गराए उम्मेदवारी दर्ता

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि […]
बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर

२९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुत नीतिगत दर घटेसँगै बैंकको ब्याजदर थप घटेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप […]
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

२९ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एकएकजना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी […]
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् । ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका […]
एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम

२९ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले उम्मेदवारको मनोनयन फारम वितरण गर्ने काम भइरहेको छ । महाधिवेशन प्रचार कमिटी सदस्य चेतन अधिकारीका अनुसार हालसम्म १४ सय बढी फाराम वितरण भएको छ । फारम वितरणको समय १२ बजेसम्म तोकिएको छ । […]
देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा […]
