प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल

१५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् । संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बिहान बालुवाटारमा देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । यसअघि […]

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ कर्तिक, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज अपराह्न पौने पाँच बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय […]

दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस

१४ कार्तिक, बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी आएका छन्। अन्नपूर्ण बेस क्याम्पको भ्रमणपछि उनी लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका छन् । गुटरेस पूर्वनिर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बुद्धको जन्मस्थल लुम्बिनी […]

पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकतावद्ध भएर अघि बढ्न सचेत गराएका हुन् । उनले कम्युनिष्ट आचरण र अभ्यास बिना पार्टीलाई एकतावद्ध बनाउन नसकिने भएकाले त्यस कुराको […]

महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१२ कार्तिक, काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता […]

गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।   सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन् । गुटरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् । […]

राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

१२ कात्तिक, काठमाडौं । गएराति नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । महासचिव गुटरेस आइतबार राति नेपाल भ्रमणमा आएका थिए ।भ्रमणको पहिलो दिन आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार […]

आज प्रतिनिधि सभा बैठक बस्दै

१२ कात्तिक, काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो […]

महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता

११ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा आज राति काठमाडौँ आउँदै छन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ […]

कांग्रेसको चियापानमा एमाले अध्यक्ष ओलीले भने- हामीमाथि प्रश्न उठाउने कोशिस गरिएको छ

११ कार्तिक, काठमाडौं। नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका छन् […]