रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित

१५ चैत,काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले आज (आइतबार) अदालत उपस्थित गराएको हो । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भर्चुअल […]

ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन

१५ चैत,काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले शान्तिपूर्वक घरमा बसेर कानुनी प्रक्रियामा सहयोग गर्न तयार रहेका व्यक्तिलाई राज्यले पक्राउ गरेर कारबाही गर्नु उचित नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउबारे कानुनविद्हरूसँग गरिएको संवाद कार्यक्रममा बोल्दै उनले राज्यले कारबाही गर्दा स्थापित कानुनी प्रक्रिया र संयम अपनाउनुपर्नेमा जोड दिए । […]

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त

१५ चैत, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ ।  शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ । उनलाई […]

रमेश लेखकलाई अदालत उपस्थित गराइयो

१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार (आज) काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदैछ । दुवै जनालाई जरुरी पुर्जी थमाएर उनीहरुलाई पक्राउ गरेको थियो । जरुरी पुर्जी थमाएर पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ । गत भदौ २३ र २४ गतेको […]

बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

१५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् । कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका छन् । बालेन र रवि लामिछानेबीचको सहकार्य कुमार बेनको ललितपुरस्थित घर र असिम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा […]

सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग

१५ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङल सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे जाँच गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) […]

सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा

१५ चैत, काठमाडौं । सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको छ । साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुसार नै सरकारले सो घोषणा १ सय बुँदे कार्यसूचीमा समेटेको हो । सरकारले कसूरजन्य […]

महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा

१४ चैत, काठमाडौँ । सरकारले महिलाहरूको सुरक्षाका लागि भन्दै ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि सारेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा यो योजना पनि समावेश छ । ‘महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने,’ सरकारको कार्यसूचीमा उल्लेख छ, ‘पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ […]

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।  सीआईबी प्रमुख एआईजी मनोज केसीले बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै […]

प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि ओलीले प्रतिशोधपूर्ण पक्राउ भनेका हुन् । आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरूसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ […]