सिमरा अपडेट: बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान

४ मंसिर, काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको आह्वान गरेका छन् । जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै वार्तामा बस्न आह्वान गरेका छन्। संवादबाटै समाधान खोज्नुपर्छ भनेर बाराका सीडीओले टेलिफोन गर्नु भएको छ । उहाँले हामीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको […]

सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ

४ मंसिर, बारा। बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन […]

बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी

४ मंसिर, काठमाडौं ।  जेनजी समूह र सुरक्षाकर्मीबीच भएको झडपपछि अशान्त बनेको बाराको सिमरा क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाराले आज पनि कर्फ्यु आदेश जारी राखेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । वीरगञ्ज पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दायाँ/बायाँ […]

सिमरामा जेनजी समूहको प्रदर्शन जारी

४ मंसिर, बारा। बाराको सिमरामा जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन्। बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो। एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा उत्रिएपछि बुधबार बाराको अवस्था तनावग्रस्थ बनेको हो। त्यससँगै बारा प्रशासनले बुधबार दिनभर सिमरा क्षेत्रमा कर्फ्यू जारी गरेको थियो। कर्फ्यू गण्डक नहरदेखि […]

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन

  ४ मंसिर, जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ । आज पहिलो दिन नगर दर्शनको कार्यक्रम रहेको छ । प्राचीनकालमा राम र लक्ष्मण आफ्नो गुरुसँग पहिलो पटक जनकपुरधाम आउँदा उनलाई जनकपुरधाम र यहाँका बजार, सामान, यहाँका मानिसहरुसँग भेटघाट गराइएको थियो । सोही समयलाई पुनः दर्शाउँदै राम र लक्ष्मण बनेका […]

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

  ३ मंसिर, जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरिएको थियो । महाभियोग माथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा […]

यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु

३ मंसिर, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमाआयोजितपत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचनातथा सञ्चार प्रविधिमन्त्रीजगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् । यस्तो छन् ,निर्णयहरु १.मङ्सिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामाआयोजनाहुने ग्लष्तभम ल्बतष्यलक ऋयलखभलतष्यल ब्नबष्लकत ऋयचचगउतष्यल (ग्ल्ऋब्ऋ) को ११ क्भककष्यल […]

कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन

३ मंसिर, काठमाडौं ।  स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ । तर, सिमराको मुख्य बजार क्षेत्रमै ठूलो संख्यामा उपस्थित भएर युवाहरू नारावाजीसहित प्रदर्शन गरिरहेका छन् । […]

बाराको सिमरामा कर्फ्यू आदेश जारी

३ मंसिर, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, […]

सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते

३ मंसिर, सिराहा। सिराहामा डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् । सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् । दुवै जनालाई छातीमा गोली लागेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी दिए । […]