राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत

१ चैत,काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् । उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् ।  आदर्शकुमार श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए । उनले प्रधानमन्त्रीको सचिवालयमा पत्नी र […]

काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख

१ चैत,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले निर्वाचन आयोग समक्ष चुनावी खर्च बुझाएका छन् । बिहीबार आयोगमा बुझाइएको विवरणमा उनले २३ लाख २९ हजार खर्च गरेको उल्लेख छ । थापाले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीअन्तर्गत […]

महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन

१ चैत,बाजुरा । महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी(सिडियो)मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गरिएको छ । पछिल्लो समय देशभर महिला तथा बालिकामाथि बढ्दो बलात्कार र हत्या हुँदै गएको घटनाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय महिला समूहरु बाजुराले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । आइतबार स्थानीय महिला समूह बाजुराले प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलामार्फत […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

  १ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदन पूर्ण सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ ।

इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

  १ चैत,काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारसमक्ष माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिन माग गरेको हो । साथै मोर्चाले घटनामा […]

आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’

  १ चैत,काठमाडौं । अघिल्लो साता नै प्रत्यक्ष र समानूपातिकको मतगणना टुंग्याएको निर्वाचन आयोगले बढीमा दुई/तीन दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्पन्न प्रतिवेदन बुझाउँदैछ । त्यसपछि राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेताको हैसियतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले यसअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर निर्वाचन प्रचारप्रसार गरेको […]

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

  १ चैत,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन् । केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्‌सँगै ओली निवास पुगेकी हुन् ।ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन् ।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

  १ चैत,काठमाडौं । काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगदसहित २ जना प्रक्राउ परेका छन् । प्रहरीले शनिबार राति १० लाख ६३ हजार ८४० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् […]

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  १ चैत,काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ३०० ग्रामसहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५ वर्षीया आयशा दिलशा रहेका छन् । थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन […]

इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन

  १ चैत,काठमाडौं । इरानलाई लक्षित गर्दै अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीको विरुद्ध शनिबार इटालीको राजधानी रोममा ट्रेड युनियन र सामाजिक समूहहरूले विरोध गरेका छन् । प्रदर्शनकारीहरूले मध्यपूर्वमा बढ्दो तनावले यस क्षेत्रलाई अझ अस्थिर बनाउने र विश्वव्यापी तनाव बढाउने जोखिम रहेको बताएका छन्। शनिबारको र्याली इरानमाथिको हमलाको विरोधमा इटालीको राजधानीमा हालै भएका सबैभन्दा ठूला […]