दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक

चंडीगढ । भारतको चंडीगडमा सम्पन्न भएको प्रथम दक्षिण एसियाली सभात(फ्रेन्च बक्सिङ्ग) प्रतियोगितामा नेपालले १० स्वणर्, ८ रजत र ९ कास्य पदक जितेको छ । ६५ केजी सिनियर असट् र कमब्याटतर्फ देवराज तामाङले क्रमश रजत र कास्य पदक जितेका छन् । सोही तौल समूहको खुल्ला प्रतियोगितातर्फ भने स्वणर् पदक हात पारेका छन् । नेपालका अस्तिक नकर्मीले […]
मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, पहिलो खेलमा पुलिस क्लब विजयी

१४ माघ, महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत खेल सुरु भएको छ । लिग चरणको पहिलो खेल नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच सुरु भएको छ । परराष्ट्र मन्त्री एनपी साउँदले प्रतियोगिता उद्घाटन गर्ने छन् । उद्घाटन समारोहमा मन्त्रीसहित जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था, खेलाडी […]
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । आज एक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको हो । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म रितपूर्वक आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । […]
आजदेखि धरहरामा निःशुल्क पार्किङ सुरु

१४ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको […]
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन

१४ माघ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् । नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले […]
भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने

१३ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क […]
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता

१३ माघ, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। शनिबार दिउँसो बालकोट पुगेर उपमन्त्री हायानले अध्यक्ष ओलीसँग भेटवार्ता गरेकी हुन्। भेटमा उनीहरुबीच दुई देशको सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा […]
गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’

१३ माघ, काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् । अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् । […]
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण

धिरोज यादव १२ माघ, सर्लाही। सर्लाहीको लालबन्दी, हरिपुर, कविलासी, नगरपालिका लगायत विभिन्न ठाउँमा चिसो बढेसँगै ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका छन् । नगरपालिका क्षेत्रका बजार र चोकचोकमा निःशुल्करूपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका […]
काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक

१२ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले परीक्षणको लाग पठाएको थियो । गत २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएकोमा ‘रोडामीन बी’ […]
