मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन

२० चैत,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन गरेका छन् । अवलोकन गर्दै ती निकायको कार्यसम्पादनबारे जानकारी लिएका छन् । पुस्तक समयमै छापेर विद्यार्थीको हातमा पुर्याउन आवश्यक व्यवस्था गर्न निर्देशन दिनुका साथै मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग कैलालीको गेटास्थित दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयमा […]

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन विभागको पहल

  २० चैत,काठमाडौं । वैदेशिक रोजगार विभागले वर्तमान सरकार गठनपछि वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन गरिएका विभिन्न सुधारात्मक तथा नियामक कार्यहरू सार्वजनिक गरेको छ । विभागले शुक्रबार आयोजित कार्यक्रममा श्रमिकको हकहित संरक्षण, सेवा प्रवाहमा सुधार र ठगी नियन्त्रणका लागि गरिएका १५ प्रमुख पहलहरू सार्वजनिक गरेको हो । विभागले इजाजतपत्र नलिई वैदेशिक रोजगारसम्बन्धी […]

आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट लेखन समिति गठन

  २० चैत, काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८३÷८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ । सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा माननीय अर्थमन्त्रीज्यूबाट संघीय संसद्‍मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू […]

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने

२० चैत,काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिमछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएको भन्दै न्याय पाउने पहिलो अधिकार र हतार शहीद परिवारलाई भएको […]

गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन

२० चैत, जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् । गृहमन्त्री महतोले शुक्रबार विहान प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक कक्ष, प्रसुती गृह, डाईलाईसिस विभाग, आईसीयु र ओपिडि विभागको अनुगमन गरेका हुन् । सो क्रममा उनले विरामीहरुसंग पनि सोधपुछ गर्नुका साथै अस्पतालका निर्देशक डा.जामुन प्रसाद सिंहसँग अस्पतालबारे […]

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

२० चैत, काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ । सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण […]

रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना

२० चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले रेडियो नेपालको ऐतिहासिक महत्व र वर्तमान सान्दर्भिकताबारे जोड दिएका छन् । रेडियो नेपाल को ७६औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालको मनोरञ्जन र सूचना प्रवाहको इतिहासमा रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतन्त्रको विकाससँगै यसको आवश्यकता निर्देशित भएको बताए । जब सूचना जनताको हक […]

हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

  २० चैत, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा […]

सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी

२० चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । शुक्रबार रास्वपाबाट सभामुख पदमा मनोनयन दर्ता गराइको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले भने, ‘पार्टीको उपसभापति डोलप्रसाद अर्याललाई हामीले पार्टीको तर्फबाट सभामुखको उम्मेदवारमा प्रस्ताव गरेर दर्ता गरेका छौं । यो विषयमा अरु पार्टीहरुसँग पनि […]

कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी

२० चैत,काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर रहेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको संवादमा उनले बाजुरा भौगोलिक रूपमा दुर्गम र विकट भएपनि पछिल्लो समय सडक, सञ्चार र विद्युत् पहुँच विस्तार भएको उल्लेख गरे । उनले भने, […]