राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते

१९ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ । बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोकेका हुन् ।उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए । उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना […]
संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने, साेही दिन सभामुख चयन

१९ चैत, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)

१९ चैत,काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘बाह्य दृष्टिले कसले निर्णायक भूमिका गरे ? असंख्य तथ्यहरुले के स्पष्ट गर्दछन् […]
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन

१९ चैत,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान राजनीतिक परिवर्तनलाई लोकतन्त्रको उपलब्धिका रूपमा व्याख्या गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइ स्मरण गर्दै नयाँ राजनीतिक शक्तिहरूको उदय पुराना दलहरूका लागि केवल चुनौती मात्र नभई लोकतान्त्रिक गणतन्त्रको सुन्दर फूलहरू रहेको बताएका हुन् । पुनका अनुसार २०८९ […]
गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस

१९ चैत,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका छन् । उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् । त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।
एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ

१९ चैत,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन् । उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन […]
प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं : ज्ञानेन्द्र शाही

१९ चैत, काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् । देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न […]
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने

चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले जनताले दिएको मतादेशप्रति प्रतिबद्धता व्यक्त गर्दै त्यसको सम्मान कामबाटै गर्ने बताएका छन् । उनले भने, ‘जनताले करिब दुई तिहाइको मताधिकारको आदेश दिएका छन् । […]
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले

काठमाडौं । फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका थिए […]
साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् । उनी आज २ बजे सुरु हुने संसद बैठकमा भाग लिन साइकल चढेर सिंहदरबार पुगेका हुन् । गजुरेल सिन्धुली– २ बाट प्रत्यक्षमा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी यातायात तथा पूर्वाधार क्षेत्रका विशेषज्ञ मानिन्छन् । उनी यसअघि नेपाल […]
