टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । […]

राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी

  ४ माघ, काठमाडौँ । नेपालको जलविद्युत क्षेत्रमा हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको एक अध्ययनले देखाएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) र बिएफआइएस प्रालिले संयुक्त रूपमा तयार पारेको ‘नेपालको जलविद्युत क्षेत्रमा लगानी’ शीर्षकको अध्ययन प्रतिवेदनअनुसार देशभर सञ्चालन, निर्माणाधीन तथा विकासका विभिन्न चरणमा रहेका ९२३ वटा जलविद्युत आयोजनामा उक्त […]

प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

  ४ माघ, काठमान्डौ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्। श्रेष्ठले आइतबार राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्।  नेता श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने टुंगो लागेको छ। आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि  श्रेष्ठले सर्लाही ३ रोजेका हुन्।नेकपाको पाँचौँ बरियताका नेता श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको […]

उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका प्रभावकारी, विद्युत् निर्यात बढाउनुपर्नेमा जोड

 काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पान र निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले ऊर्जा आत्मनिर्भरता हासिल गर्न पु¥याएको योगदान राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको उल्लेख गरे । […]

सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा

  सर्लाही, ०४ माघ। सशस्त्र प्रहरी बल, नेपालको पूर्व–पश्चिम झण्डा मार्च शनिबार सर्लाही जिल्लामा प्रवेश गरेको छ। २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ रजत महोत्सवको अवसरमा आयोजना गरिएको यो कार्यक्रम सीमावर्ती क्षेत्र हुँदै अघि बढिरहेको छ। शनिबार पर्सा गाउँपालिका–१ शितलपुरस्थित मुख्य सीमा स्तम्भमा महोत्तरीका एसपी शेरबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डा […]

बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक

  ४ माघ, काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ । आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । बोहराको गत पुस ३० गते निधन भएको थियो । सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते […]

मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने

  ४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् । रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाइँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन […]

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

  काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ । शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई […]

रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने

  ४ माघ, काठमाडौं । राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा धनुषा–३ बाट उम्मेदवार बन्ने भएका छन् । अघिल्लो पटकको निर्वाचनमा समानुपातिक सांसद झा यसपटक प्रत्यक्षको प्रतिस्पर्धी बन्न लागेका हुन् । गत निर्वाचनमा यस क्षेत्रमा एमालेबाट जुली महतोले निर्वाचन जितेकी थिइन् । एमालेबाट यसपटक पनि महतोलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट भने उम्मेदवार तय […]