नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार

१७ कात्तिक, काठमाडौं । दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ। आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमापुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमाझरेको हो। गत साताकरिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिनपनिउकासोमै भएपनि दोस्रो दिनमाभने कमीकै संकेत देखिएको छ। यस दिन७२ कम्पनीको सेयर मूल्यमात्रबढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ […]
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त

१७ कात्तिक, काठमाडौं । एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सिइओ पदमा शाक्यलाई नियुक्ती गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत शेयरधनीहरुलाई जानकारी दिएको छ । शाक्यसँग भएको सम्झौता अनुसार आगामी ३० दिनभित्र उनले काम सुरु गर्ने बताइएको छ । […]
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री

१७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ ।एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका हुन् । जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, […]
सोमबार सुनको मूल्य स्थिर

१७ कात्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार […]
सोमबार विदेशी मुद्राको विनिमयदर कति?

१७ कात्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६४ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ३४ […]
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए

१७ कात्तिक, काठमाडौं । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, […]
पर्यटक आउने मुख्य सिजन : एक महिनामै भित्रिए १ लाख २८ हजार

१६ कात्तिक, काठमाडौं । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा ३.३ प्रतिशत धेरै हो । अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९१ पर्यटक आएका थिए । […]
नेप्सेको उकालो यात्रामा निरन्तरता, आज ३० अंकले बढ्यो बजार

१६ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेको छ । यसअघि बिहीबार पनि नेप्से ३४.२२ अंकले बढेको थियो ।यसअघि बिहीवार २६००.३८ बिन्दुमा रोकिएको नेप्से आज २६३१.१४ बिन्दुमा पुगेर बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ […]
थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

१६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो । यसबारे महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो […]
सुनको मुल्य बढ्दा चाँदीको मुल्य घट्यो

१६ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो । अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख […]
