२६ जेष्ठ २०८२, आईतवार

निर्माण व्यवसायी संघ धनुषाको कोषाध्यक्ष यादवको उम्मेदवारी

 

२३ चैत, जनकपुरधाम। निर्माण व्यवसायी संघ धनुषाको कोषाध्यक्ष ई. लक्ष्मण कुमार यादव उम्मेदवारी दिएको छ ।

संघको चैत्र २४ गते शनिबार नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ। कृष्णवंशी कन्सट्रक्सनको संचालकसमेत रहेको छ । उनी संघको लागि राम्रो काम गर्ने प्रतिवद्धता समेत गरे । यादवको भनाई अनुसार कन्सट्रक्सनमा धेरै नै चुनौतीलाई सामना गर्नु पर्छ । उनि यो भन्दा पहिला नेपाल ईन्जिनियरिङ् एसोसिएसनको केन्द्रीय सदस्यमा समेत विजय भएको थियो।

उम्मेदवार यादवले लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकाले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको बताए । निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।उनिसंगै ७ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment