उज्यालो नेपाल पार्टीको भेटघाट कार्यक्रम स्थगित
१४ फागुन,काठमाडौं ।
उज्यालो नेपाल पार्टी (उनेपा)को हेटौंडामा आज हुने भनिएको भेटघाट कार्यक्रम स्थगित भएको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै हेटौंडामा गर्ने भनिएको भेटघाट कार्यक्रम पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण स्थगित भएको पार्टीका जिल्ला कमिटि योञ्जन सुरेन्द्र लामाले जानकारी दिएका छन् ।

विज्ञप्तीमा लेखीएको छ, ‘उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकाले कार्यक्रम हालका लागि स्थगित गरिएको हो । हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।



Post Comment