९ चैत्र २०८२, सोमबार

विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ-

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला संस्थापन पक्षले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे यो सम्मेलन हुन लागेको हो। पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको घोषणा गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच यो पत्रकार सम्मेलनलाई निकै चासोका साथ हेरिएको छ।

सम्मेलनमा कार्यवाहक सभापति खड्कासहित पार्टीका अन्य केन्द्रीय नेताहरूको समेत उपस्थिति रहने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्रोतका अनुसार, कार्यवाहक सभापति खड्काले पार्टीको आधिकारिक धारणा राख्दै आगामी जेठका लागि तय गरिएको १५ औँ महाधिवेशनको कार्यतालिका र विशेष महाधिवेशनको वैधानिकताका बारेमा स्पष्ट पार्ने तयारी गरेका छन्। मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा समाचार संकलन, प्रकाशन तथा प्रसारणका लागि सम्पूर्ण सञ्चारकर्मीहरूलाई बि.पी. स्मृति भवनमा उपस्थित हुन हार्दिक निमन्त्रणा गरिएको छ।

Post Comment

छुटाउनुभयो कि ?