२३ माघ २०८२, बिहीबार

सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति’ तय गरेको छ ।

२६ मंसिर, काठमाडौं

आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे परिचालन नीति तर्जुमा गरिएको सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए । निर्वाचनलाई पारदर्शीनिष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रृटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको डीआईजी थापाले बताए ।

निर्वाचनको एक महिनाअघि नै निर्वाचन क्षेत्र सुरक्षा वेश स्थापना गर्ने र स्ट्राइकिङ्ग तथा मोबाइल टोली १५ दिन अगाडिदेखि परिचालन गरिने नीतिमा उल्लेख ५ । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा आइनसकेकोले यसपटको निर्वाचन चुनौतीपूर्ण मानिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?