१६ मंसिर २०८२, सोमबार

प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित

१४ मंसिर, अर्घाखाँची ।

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि अर्घाखाँचीमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन् । निर्वाचन कमिटी अर्घाखाँचीका अनुसार कुल ३ हजार ६५० मतमध्ये पुरुष खुल्लातर्फ पिताम्बर भुसाल ३ हजार १८७ मतसहित विजयी हुँदा घिमिरे १ हजार ९८० मत अन्तरले पछि परे ।

बसन्त कुमार श्रेष्ठ २ हजार ८४१, रेशम थापा २ हजार ७७०, शम्भु प्रसाद पोख्रेल २ हजार ७४३, तेज प्रसाद खनाल २ हजार ५३३ र कमलप्रसाद घिमिरे २ हजार ४४४ मतसहित निर्वाचित भएका छन् । पराजित भएका प्रेमनारायण गैरेले १ हजार २६५, रामजीप्रसाद घिमिरेले १ हजार २०७ र श्रीकृष्ण भुसालले १ हजार ८८ मत पाए । महिला खुला तर्फ दिपा आचार्य ३ हजार ३७, विष्णुमाया आचार्य २ हजार ९९३, लक्ष्मी गौतम २ हजार ९१० र सुषमा श्रेष्ठ २ हजार ८६३ मतसहित निर्वाचित भएका छन् । गीता भाट क्षेत्री १ हजार ११८ मतसहित पराजित भइन् । युवा खुला तर्फ तेज बहादुर रायमाझी र दलित तर्फ लिलबहादुर बिक तथा आशा परियार निर्विरोध चयन भएका छन् ।

Post Comment

छुटाउनुभयो कि ?