३८ वर्षपछि पक्राउ परे डाँकाचोरी मुद्दाका फरार प्रतिवादी
१२ मंसिर, काठमाडौं ।
डाँकाचोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले ३८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलिबजार नगरपालिका–८ घर भएका ६४ वर्षीय बुद्धि बहादुर शाही छन् । मंसिर १० मा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी प्रसन्न राज चौधरीले जानकारी दिए ।





Post Comment