१६ मंसिर २०८२, सोमबार

धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

राजेन्द्र बिश्वकर्मा, सर्लाही

७ मंसिर, सर्लाही

धनुषामा कारको ठक्करबाटश्रीमतीको मृत्यु भएको छ भने श्रीमानघाइते भएकाछन्।
प्रहरीकाअनुसार आइतबार बिहानमिथिलानगरपालिका – २ नकटाझिजस्थितजनकपुरबाटढल्केवरतर्फ आउँदै गरेको बागमतीप्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।


कारको ठक्करबाट साईकलमा सवार जिल्लाकै मिथिलानगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवीमहतोको मृत्यु भएको छ। कारको ठक्करबाटउनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामाउनकाश्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएकाछन् ।
अहिले राजकुमारको प्रादेशिकअस्पतालजनकपुरमा उपचार भईरहेको छ। ठक्कर दिने कार र त्यसकाचालकप्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमाथप अनुसन्धानभईरहेको जिल्लाप्रहरी कार्यालय धनुषाले जनाएको छ।

Post Comment

छुटाउनुभयो कि ?