२४ माघ २०८२, शुक्रबार

योमनको श*व लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु

२८ कात्तिक, लन्डन ।

लन्डनमा यसै साता आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन सुरु गरिएको छ । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ४ निवासी योमन चन्दको गत मंगलबार बिहान सुतेकै अवस्थामा निधन योमनका बुवा शेरबहादुर चन्द तथा आमा ओइली चन्दले आफ्नो छोराको मुख हेर्न शव नेपाल नै पठाइदिन अनुरोध गरेपछि सहयोग संकलन अभियान सुरु गरिएको एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बताए । उनले यो मानवीय कार्यमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।

बिहीबार बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङ लगायत पदाधिकारीहरु र स्वर्गीय योमनका साथी तथा नातेदार समेतको उपस्थितिमा योमनका बुवा आमासँग सम्पर्क गरी नेपाली समुदायले सहयोग संकलन गरी शव नेपाल पठाउन पहल गर्ने निर्णय गरिएको थियो । भएको थियो । बैठकले ‘वन विन्डो’ (एकद्वार) प्रक्रियाबाट सहयोग संकलन गरी शव नेपाल पठाउने कामको संयोजन तथा अनुगमन गर्न एनआरएनए यूकेका अध्यक्ष पुडासैनी, बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङ, समाजका उपाध्यक्ष मुरारी थापा, समाजकै कम्युनिटी हेल्थ एण्ड वेलबीइङ कोअर्डिनेटर सुष्मा गुरुङ, भाइ (फुपूको छोरा) सुजन शाह, बहिनी सोनम रावत, साथीहरु मनोज कुँवर तथा प्रमिला नेपाली सम्मिलित एक समिति पनि गठन गरेको छ ।

समितिले निम्न ‘गो फन्ड मी’ लिंकमा गएर सक्दो सहयोग गर्न बेलायतस्थित नेपाली संघसंस्था तथा सबै नेपालीलाई अनुरोध गरेको छ । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि लन्डन आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर बुधबार सर्टिफिकेट लिने योजना बनाएका थिए । तर अघिल्लो दिन सुतेकै अवस्थामा उनी मृत फेला परेका थिए । उनक शव अहिले नर्थवीक पार्क हस्पिटलमा राखिएको र कोरोनर रिपोर्ट आएपछि उनका निकटस्थलाई हस्तान्तरण गरिने जनाइएको छ ।

Post Comment

छुटाउनुभयो कि ?