२४ माघ २०८२, शुक्रबार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

२२ असोज, काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि पनि नयाँ रेकर्ड बनाएको छ । निरन्तर बढिरहेको सुनको मूल्य आज पनि तोलामा २ हजार ६००  रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ ।

Post Comment

छुटाउनुभयो कि ?