सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
१० असोज्का, ठमाडौँ
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाएका छन्। सूचनाको हकका लागि राष्ट्रिय (आरटिआई) महासङ्घले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सकिने भएकाले यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए।

सूचनाको हकका विषयमा सरोकारवाला सबैलाई राखेर दसैँपछि छलफल गरिने प्रतिबद्धता उनले जनाए। महासङ्घले ध्यानाकर्षण पत्रमार्फत् राष्ट्रिय सूचना आयोगका वर्तमान पदाधिकारीको पुनरवलोकन र आवश्यक पुनःगठन गरी सूचनाको हक प्रवद्र्धनमा जिम्मेवार र सक्षम नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ। सूचना उपलब्ध गराउने प्रक्रिया सरलीकरण गरी नागरिकलाई सहज, छिटो र न्यूनतम् लागतमा सूचना उपलब्ध गराइने व्यवस्था लागू गर्नुपर्ने महासङ्घका अध्यक्ष उमीद बागचन्दले बताए।





Post Comment