एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति बनाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको खानेपानीमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । ६ दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोलल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । प्रक्रिया पुरा नगरी एनसेल खरिद बिक्री गरिएको भन्दै सरकारले असन्तुष्टि जनाएको छ ।
Related posts:
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संसद्मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1