११ चैत्र २०८२, बुधबार

अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल

२० असार, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल गत शनिबार वीर अस्पताल भर्ना भएका थिए । उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी कक्षमा उपचार भएको थियो ।

उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा भएको थियो । अस्पताल स्रोतका अनुसार अस्पतालका विभिन्न विभागीय प्रमुख समेत उपचार प्रक्रियामा सहभागी थिए ।

Post Comment

छुटाउनुभयो कि ?