
२ असार, गण्डकी ।
गुन्डा नाइके भनेर चिनिने गण्डकी प्रदेशका सांसद दीपक मनाङेको पद खाली भएको छ । सर्वोच्च अदालतले उनी पदमुक्त हुने फैसला गरेसँगै उनको पद खाली भएको हो । सर्वोच्चको संवैधानिक इजलासले मनाङे फौजदारी कसूरमा दोषी ठहर भइसकेको जनाउँदै उनको सांसद पद खारेज हुने फैसला गरेको हो । पूर्वमन्त्रीसमेत भएका मनाङे मनाङ प्रदेश (२) बाट निर्वाचित भएका थिए ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको बुधबार बसेको संवैधानिक इजलासले फौजदारी कसूरमा सजाय पाएको हुनाले उनको निर्वाचित पद जारी रहन नसक्ने फैसला गरेको हो अधिवक्ता वीरेन्द्रराज कार्कीले २०७९ पुस ११ गते नै फौजदारी अभियोग लागेका मनाङे प्रदेश सभा सदस्य हुन अयोग्य भएको भन्दै उनको उम्मेदवारी नै खारेज गराउन माग गर्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए । ‘२०६१ सालमा चक्रे मिलन समूहमाथि आक्रमण गरेको अभियोगमा उच्च अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । २०८१ कार्तिक २० गते सर्वोच्च अदालतले पनि उक्त उच्चको फैसलालाई सदर गरेको थियो ।

Post Comment