२६ जेष्ठ २०८२, आईतवार

राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ

१७ जेठ, काठमाडौं ।

राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको भन्दै एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, आन्दोलनको क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति केहीबेर अघि पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ । राजसंस्था पुनस्र्थापनासहितको माग राखेर गत १५ गतेदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ । राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा जारी आन्दोलन आज दरबारमार्ग क्षेत्रमा गर्ने भनिएको थियो । यद्यपि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा भएपछि राजावादीहरूले शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment