२६ जेष्ठ २०८२, आईतवार

कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

 

१ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो । प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा १७ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दायर भएमा स्वत: निलम्बनमा पर्ने व्यवस्था छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ । बस्नेत २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै बस्नेतसहित पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Post Comment

छुटाउनुभयो कि ?