उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
२९ वैशाख, काठमाडौँ, ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गर्नुभएको छ । “आज चण्डी पूर्णिमा, उभौली पर्व ।
किराँत समुदायलगायत सम्पूर्ण नेपालीमा उभौली पर्व २०८२ का अवसरमा हार्दिक शुभकामना !” प्रधानमन्त्रीले सन्देशमा लेख्नुभएको छ । उहाँले कृषिप्रधान नेपाली समाजमा प्रकृति र मौसमसँगको सहजीवितालाई सम्मान गर्ने उभौली पर्वले हामीलाई संस्कार, संस्कृतिको संरक्षण र प्राकृतिक चक्रप्रति कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्नेसमेत बताउनुभएको छ । —
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment