२६ जेष्ठ २०८२, आईतवार

सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही

 

२३ वैशाख, काठमाडौं ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डको रूपमा रहेको बताएका छन् ।  मंगलवार सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सो बताएका हुन् । उनले देशमा कोही पनि सुरक्षित नरहेको समेत बताए ।

उनले भने,‘देशमा कोही पनि सुरक्षित छैनन् । कर्मचारी सुरक्षित छैनन्,सुरक्षाकर्मी सुरक्षित छैनन्,पत्रकार सुरक्षित छैनन्,स्वास्थ्यकर्मी सुरक्षित छैनन्,शिक्षकहरू सुरक्षित छैनन्, युवाहरू सुरक्षित छैनन्,कलाकारहरू सुरक्षित छैनन्,उद्योग व्यवसायीहरू सुरक्षित छैनन् । सिर्फ यो देशमा भ्रष्ट बिचौलियाहरू मात्रै सुरक्षित छन्। त्यसैले भन्छु यो सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने एउटा मेरुदण्ड हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?