बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)
३० चैत, काठमाडौँ ।
काठमाडौँको बालाजुमा आज बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएका हुन् । चैत शुक्ल पूर्णिमामा बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment