२६ जेष्ठ २०८२, आईतवार

ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’

 

चीनले एकपटक फेरि अमेरिकाबाट आयात हुने बस्तुमा ट्यारिफ (कर) बढाएको छ। अब उक्त कर १२५ प्रतिशत हुनेछ। यसअघि बुधबार चीनले अमेरिकाबाट आयात हुने सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थिए। चीनले लगाएको नयाँ कर शनिबारबाट लागू हुनेछ। यद्यपि, चीनले अब अमेरिकाकाले कर बढाए पनि आफूले नबढाउने बताएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘अब यो एक मजाक बन्नेछ।’ अमेरिकाको करले उसको धम्की र दबाबलाई उजागर गरेको उनले बताए।

अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अतिरिक्त ३४ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। ट्रम्पको घोषणापछि चीनले पनि ३४ प्रतिशत अतिरिक्त ट्यारिफ लगाएको थियो। त्यसपछि ट्रम्पले थप ५० प्रतिशत ट्यारिफ घोषणा गरेका थिए। त्यसको जवाफमा चीनले पनि ५० प्रतिशत थप गर्दै ८४ प्रतिशत पुर्‍याएको थियो। ट्रम्पले फेरि चीनबाट हुने आयातमा कुल १४५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। तर बाँकी देशलाई ९० दिनको समय दिँदै रेसिप्रोकल ट्यारिफ १० प्रतिशतमा झारेका थिए। त्यसको जवाफमा चीनले पनि अमेरिकी आयातमा १२५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment