२६ जेष्ठ २०८२, आईतवार

ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे

 

४ फागुन, काठमाण्डाै – गुल्मीमा विद्यालय जाँदै गरेकी एक बालिकाको माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको छ ।

इस्मा गाउँपालिका वडा नम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका विष्णु कुमालको ज्यान गएको गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । बाटो विस्तारका लागि डोजरले डाँडा खनिरहेको समयमा ढुङ्गा सडकमा खसेको र घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?