शान्दार मःम पसल विस्फोटमा मृतकको सङ्ख्या तीन पुग्यो

२ फागुन, काठमाडौँ : कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको छ। शुक्रवार दिउँसो साढे २ बजे उदयपुरका २२ वर्षीय प्रदीप तामाङको उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि सोही घटनामा मकवानपुरका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को पनि मृत्यु भइसकेको छ। विस्फोटमा परी कुल ११ जना घाइते भएकामा बाँकी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ।




Post Comment