९ चैत्र २०८२, सोमबार

सर्लाहीका डीएसपी दीपक श्रेष्ठ एसपीमा बढुवा

१२ माघ, सर्लाही।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत डीएसपी दीपक श्रेष्ठ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले गएराति सार्वजनिक गरेको ३७ जना डीएसपीको बढुवा सूचीमा श्रेष्ठको नाम १०औँ स्थानमा समावेश छ।

डीएसपी श्रेष्ठ झन्डै एक वर्षदेखि सर्लाहीमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका उनले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम राख्न उल्लेखनीय योगदान दिएका थिए।

बढुवा भएका ३७ जनाको दरबन्दी तोक्न भने अझै बाँकी रहेको प्रहरीले जनाएको छ। श्रेष्ठको बढुवासँगै उनी सरुवा हुने निश्चित भएको छ। सर्लाहीमा नयाँ डीएसपी नियुक्त गर्न प्रहरीले प्रक्रिया अघि बढाउनेछ।

Post Comment

छुटाउनुभयो कि ?